SEE Result 2082

पुरानालाई बिदाई नयाँलाई स्वागत गर्दै स्वस्तिक कलेज

भक्तपुरको चारदोबाटोस्थित स्वस्तिक कलेजले आफ्ना पुराना विद्यार्थीलाई विदाइ तथा नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । एफ वान सफ्ट आइटी कम्पनीको लगानीमा सञ्चालित यो कलेजमा अध्ययनरत तेस्रो व्याच अर्थात  बिएस्सी सिएसआइटी २०७२ का विद्यार्थीलाई विदाइ तथा पहिलो वर्षमा भर्ना भएका विद्यार्थीलाई कलेजले स्वागत गरेको हो ।

उक्त कार्यक्रममा बीसीए दोस्रो व्याच अर्थात २०७६ मा भर्ना भएका  विद्यार्थीलाई पनि कलेजको अनुशासन, महत्व र यसको शिक्षण शैलीको बारेमा जानकारी गराउँदै स्वागत गरिएको कलेज सञ्चालक समितिका अध्यक्ष डा डिल्लीराज खनालले जानकारी दिए ।

कार्यक्रममा एफ वान सफ्ट ग्रुपका मानव संशाधन प्रमुख सुरज श्रेष्ठले पुराना विद्यार्थीलाई बधाइ ज्ञापन गर्दै नयाँलाई देशको आवश्यकता अनुसार आफ्नो क्षमता निर्माण गर्न शुभकामना दिएका थिए । ‘कलेजमा चार वर्ष सिकेको ज्ञानलाई आइसीटीको समग्र विकासमा लगाउन आग्रह गर्छु ।’ उनले भने, ‘अबको शताब्दि नै प्रविधिको भएको हुनाले स्वास्तिक कलेज नेपालको एक गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा स्थापपित हुने छ ।’

शुभश्री ब्यान्केट पेप्सीकोलामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष खनालले गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीले विभिन्न खालका रचनात्मक कार्यक्रम प्रस्तुत गरेको कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal