SEE Result 2082

अस्थायी जोगाउँदा स्थायी शिक्षक पालिकाबाट फिर्ता

 एउटा चर्चित नेपाली उखान छ ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ अहिले देशको शिक्षा क्षेत्र त्यसै तर्फ धकेलिन थालेको छ ।

संविधानले दिएको अधिकारको दुरुपयोग गर्दै सुनसरीको बर्जु गाउँपालिकाले शिक्षक सेवा आयोगबाट सिफारिस भइ नियुक्तिका लागि पुगेका दुई जना स्थायी शिक्षकलाई पदस्थापन गरेन ।

पालिकाले अस्थायी करारमा कार्यरत शिक्षक विस्थापित हुने भन्दै स्थायी शिक्षकलाई पदस्थापना नगरेको हो ।

 पालिकाले शिक्षा विकास तथा समन्वय एकाइलाई समबोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘मिति २०७९–०८–२६ चन ४१५ को पत्रबाट पदस्थापनको लागी यस गाउँपालिकामा सिफारिस भई आएका तपशिल बमोजिमका माध्यमिक तहका शिक्षकहरुलाई यस गाउँपालिकामा रहेका अस्थायी करारमा कार्यरत शिक्षकहरु विस्थापन हुने भएकाले यस कार्यालयबाट पदस्थापन गर्न नसकिएको ब्यहोरा जानकारी गराइन्छ ।’

+2 School
Counseling
Bachelors Portal