SEE Result 2082

शान्ति समाजद्वारा पाँच वर्षभित्र रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गरिने

मानव अधिकार तथा शान्ति समाजले पाँच वर्षमा रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

‘छोरी पढाऔँ, गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले छात्रवृत्ति अभियानको प्रारम्भ गर्दै पाँच वर्से छात्रवृत्ति योजनाको आज घोषणा गरेको छ । समाजले दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु. १२ हजारका दरले पाँच वर्ष सम्म छात्रवृत्ति प्रदान गर्ने भएको छ । कक्षा ६ देखि १० सम्म विद्यार्थीलाई १० कक्षा सम्म निरन्तर छात्रावृत्ति प्रदान गर्ने भएको हो ।

सो छात्रवृत्ति अभियान अन्तर्गत यो वर्ष मोरङको कटहरी गाउँपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाउँपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकालाई रु १२ हजारका दरले कूल रु. चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले दुई, शुभचिन्तकहरु अनुजा खनाल थापाले दुई, सम्वत थापाले दुई, अपूर्वा शर्माले दुई र एकजना शुभचिन्तकबाट दुई जनालाई पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग गर्ने भएक छन् ।

समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्वसभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणिराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौँलागाईं, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्ने घोषणा भएको समाजले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal