SEE Result 2082

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक–२०७६ स्वीकृत

राष्ट्रियसभामा उत्पति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक–२०७६ प्रतिनिधिसभाको आजको बैठकबाट स्वीकृत भएको छ ।

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले परम्परागत भन्दा फरक संरचनासहित सो विश्वविद्यालय बन्नेगरी विधेयक ल्याइएको अवगत गराउँदै महिलामुक्ति अभियानमा योगमायाले गरेको सङ्घर्षको इतिहासलाई समेत सम्मान हुनेगरी अन्तर्राष्ट्रिय चरित्रको विश्वविद्यालय हुने बताए । मन्त्री पौडेलले विश्वविद्यालयलाई विशिष्टिकृत गराउँदै लाने क्रममा योगमाया विश्वविद्यालयमा पूर्वीय दर्शन र आयुर्वेदिक खोजको अध्ययन अध्यापन हुने प्रष्ट पारे ।

यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदैँ सांसद खगराज अधिकारीले विधेयकमा अपुग विषय थपेर दफाबार छलफल गरेर टुङ्गो लगाइनुपर्ने बताए ।

सांसद गिरिराजमणि पोखरेलले आयुर्वेद प्राचीन विज्ञान र पहिचानसँग गासिएको पूर्वीय सम्भयतासँग जोडिएको महत्वपूर्ण विधेयक भएकाले यसलाई चाडो टुङ्गोमा पुर्याइनुपर्ने खाँचो औँल्याए ।

सांसद घनश्याम खतिवडाले ढिलैभएपनि विधेयक संसद्मा टेबुल भएको भन्दै यसलाई चाँडो पारित गरेर जानुपर्नेमा जोड दिए। सांसद मोहन बाँनियाले प्राकृतिक वनस्पतिको प्रयोगात्मक अभ्यास र आयुर्वेद शिक्षालाई प्रोत्साहन गर्न विधेयक महत्वपूर्ण भएको बताए ।

सांसद राजेन्द्रप्रसाद गौतम प्राकृतिक शिक्षा र योग विज्ञानलाई प्राथमिकता राखेर ल्याइएको विधेयकलाई चाडो पारित गरिनुपर्ने बताए ।

सांसद प्रेम सुवाल, छक्कबहादुर लामा, नारायणप्रसाद खतिवडा र विन्दा पाण्डेले विधेयकको समर्थन जनाउँदै आयुर्वेद क्षेत्रको अध्ययन अनुसन्धानका लागि विश्वविद्यालय उपयुक्त हुने भएकाले यो विधेकय चाँडो पारित हुनुपर्नेमा जोड दिए ।

+2 School
Counseling
Bachelors Portal