SEE Result 2082

काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा करिब ६८ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले  साउन सात गते  सञ्चालन गरेको  विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ६८।६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

विशेषज्ञ दर्ताका ४५ विधाको २३ औं विशेष परीक्षामा ३२५ जना उत्तीर्ण भएका छन् । ४७४ जना परीक्षार्थी मध्ये १४९ जना  वा ३१.४ प्रतिशत उनुत्तीर्ण भएको  काउन्सिलले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरले यो सूचना प्रकाशित भएको मितिले पैंतीस (३५) दिन भित्र विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।

यस अगाडि २०७८ माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले आजका मितिले पैंतीस ९३५० दिन भित्र पूनर्योगका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

 हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

+2 School
Counseling
Bachelors Portal