SEE Result 2082

निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा

चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि–२०८०’अनुसार १२ जनाको नाम सर्टलिस्टमा परेको हो ।

उनीहरुको प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा निर्देशक चयन हुने छ । सर्ट लिस्टमा परेकाहरुमा डा कृष्ण सागर शर्मा, प्राडा गुरुप्रसाद खनाल, प्राडा दिनेश कुमार लम्साल, डा भीमसिंह तिंकरी, प्राडा बन्दना गुरुङ शर्मा, डा विजयचन्द्र आचार्य, प्राडा सरला श्रेष्ठ, प्राडा सुजनबाबु मरहठ्ठा, प्राडा सुदीप आचार्य, प्राडा सुरज बज्राचार्य, प्राडा स्वयं प्रकाश पण्डित र हरिप्रसाद बस्याल रहेका छन् ।

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले मंसिर ६ मा सात दिने सूचना जारी गरेको थियो । आयोगमा तीन वटा निर्देशनालय र एक बोर्ड रहने कानुनी व्यवस्था छ ।  आयोगमा चिकित्सा शिक्षा आयोगको मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् ।

+2 School
Counseling
Bachelors Portal