SEE Result 2082

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाकोे आवेदन

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका छन् । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेको समयभित्र ९ जनाले आवेदन दिएका हुन् ।

सिफारिस समितिका अनुसार आवेदन दिनेमा प्राडा श्रीकृष्ण गिरी, प्राडा सुमन कुमार श्रेष्ठ, प्राडा संगिता सिंह भण्डारी, डा प्रविण मिश्र, प्राडा पियुष दाहाल, डा विधाननिधि पौडेल, डा प्रमोदकुमार यादव, डा अन्जनीकुमार झा र प्राडा मनेन प्रसाद गोर्खालीले आवेदन दिएका छन् ।

आवेदन दिएका डा. वीरेन्द्रप्रसाद यादवको आवेदन भने अस्वीकृत गरिएको छ । उनले पेश गरेको कागजात र स्वयमले पेश गरेको वैयक्तिक विवरणमा उल्लेखित अनुभवको अवधि गणना गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ बमोजिमको बीस वर्षको कार्यनुभव पूरा नभएको नदेखिएकाले दरखास्त अस्वीकृत गरिएको समितिले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal