चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षाको आवेदन खुला गरेको छ । २०७८ चैत्र २९ देखि २०७९ वैशाख २८ गतेसम्म नियमित तथा वैशाख ३० गते सम्म बिलम्ब शुल्क सहित फाराम बुझाउन सकिने नेपाल मेडिकल काउन्सिल परीक्षा समितिले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

लाइसेन्सको परीक्षा काउन्सिलले आगामी २०७९ जेठ १२ देखि १४ गते (२०२२ मे २६(२८ तारिख) विहिबार, शुक्रबार र शनिबार सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट सञ्चालन गर्ने छ।

 

Degrees offered in nepal
Counseling