SEE Result 2082

पीजीको प्रवेश परीक्षाका लागि आवेदन माग (सूचनासहित)

चिकित्सा शिक्षा आयोग, परीक्षाले स्नातकोत्तर तह (पीजी) का विभिन्न  शैक्षिक कार्यक्रममा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

इच्छुक विद्यार्थीले रोजेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको लागि मंसिर ६ देखि पुस ६ गतेभित्र अनलाइन आवेदन दिन सक्ने आयोगले  जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

एमडी, एमएस, एनबीएमएस स्पेसलीस्ट, एमडी आर्युवेदा, मास्टर इन नर्सिङ, एमएससी, एमएससी मिडवाइफरी, एमपीएच लगाएत २३ वटा शैक्षिक कार्यक्रमको लागि अनलाइन आवेदन खोलेको हो ।

आयोगका अनुसार एमडी, एमएस, एनबीएमएस विशेषज्ञ, एमडी आर्युवेद, मास्टर इन नर्सिङ, एमएससी नर्सिङ, एमएससी मीडवाइफरी लगायतका  शैक्षिक कार्यक्रममा भर्नाका लागि एकीकृत प्रवेश परीक्षा माघ २०  गते ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्ले छ ।

त्यस्तैगरी एमपीएच (मास्टर अफ पब्लिक हेल्थ), एमएससी पीएच, एमपीएचएन, एमएचपीई, एमपीएच (पब्लिक हेल्थ सर्भिस मेनेजमेन्ट), एमफील इन क्लिनिकल साइकोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा २१ माघमा बिहान ११ बजेदेखि २ बजेसम्म र एमडीएस (मास्टर इन डेन्टल सर्जरी), एम फार्म (मास्टर इन फार्मेसी, एमएससी फार्मेसी, फार्म डी, एमएससी एमआइटी, एमएससी क्लिनिकल, मेडिकल बायोकेमेष्ट्री एन्ड एमएससी क्लिनिकल, मेडिकल माइक्रोबायोलोजी, एमपीटी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा २२ मंसिर बिहान ११ बजेदेखि २ बजेसम्म  सञ्चालन गरिने आयोगले जानकारी दियो ।

सूचना हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal