SEE Result 2082

चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि आवेदन माग

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।

इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समय भित्र दरखास्त पेस गर्न आह्वान गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा  ऐनको दफा २९ को उपदफा (६) बमोजिम निर्देशकको नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था रहेको छ ।

ऐन, २०७५ को दफा २८ बमोजिम चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनका लागि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्ननयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन ओटा निर्देशनालय तथा एक बोर्ड रहने व्यवस्था रहेको छ  ।

ऐनको दफा २९ को उपदफा (१) बमोजिम चिकित्सा शिक्षा आयोगका निर्देशनालय वा बोर्डको प्रमुखको रूपमा कार्य गर्न प्रत्येक निर्देशनालय वा बोर्डमा एक, एक जना पूरा समय काम गर्ने निर्देशक रहने व्यवस्था रहेको छ ।

उक्त सिफारिस समितिद्वारा स्वीकृत चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको कार्य सम्पादन सम्बन्धी कार्यविधि, २०८०ू बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने  ऐनमा व्यवस्था छ ।

+2 School
Counseling
Bachelors Portal