SEE Result 2082

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारदेखि सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी

लामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संघर्ष समितिले विवाद समाधान गर्न प्रधानमन्त्रीले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन गर्न माग गरेको छ ।

संघर्ष समितिले आफ्ना माग पूरा नगरे शुक्रबारदेखि हरेक दिन बिहान ८-१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार, पूर्वनिर्धारित परीक्षा रोक्ने चेतावनी संघर्ष समेत दिएको छ।

संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच बुँदे ध्यानाकर्षण पत्र लेख्दै यस्तो चेतावनी दिएको हो । सो पत्रमा बिपी प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै संघर्ष समितिले देउवालाई ध्यानाकर्षण गराएको हो ।

दोषीलाई तत्काल कारबाही गर्नुपर्ने, छानविन आयोगमा संघर्ष समितिका प्रतिनिधि, स्वास्थ्य, अर्थ, शिक्षा मन्त्रालयलगायत प्रतिष्ठानका पूर्वपदाधिकारी र विज्ञसमेत संलग्न हुनुपर्ने उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal