SEE Result 2082

चीनमा एमबीबीएस गरेका विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

चीनमा एमबीबीएस अध्‍ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा आज विरोध प्रदर्शन गरेका छन् । चिकित्साशास्त्रको अध्ययनपछि इन्टर्नसीप नगरी स्वदेश आएका विद्यार्थीले आफ्नो बाँकी अभ्यास पुरा गर्न पाउनु पर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति नदिएपछि पाउनु पर्ने माग गर्दै प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुको अन्तिम वर्षको सैद्घान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राखेका हुन ।

नेपाल मेडिकल काउन्सिलले बाँकी रहेको सैद्घान्तिक कक्षा प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ । सम्बन्धित विश्वविद्यालयले अनलाईन कक्षालाई मान्यता दिँदै परीक्षा लिइसकेको अवस्थामा नेपाल मेडिकल काउन्सिलले पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ ।

फेरि सैद्घान्तिक कक्षा दोहोर्‍याएर पढ्दा दोहोरो खर्च हुने र अर्को एक वर्ष समय खेर जाने भएकोले थप ६ महिना गरी डेढ वर्ष इन्टर्नशीप गर्न पाउनुपर्ने माग गरेका छन् । गत असोज १० गते प्रतिनिधि सभाको संसदीय समितिले २०१५ र १६ ब्याचका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील ९द्विभाषिक० युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्घान्तिक कक्षा प्रभवित भएको थियो । बाँकी रहेका सबै सैद्घान्तिक कक्षा उनीहरुले अनलाईन मार्फत पुरा गरे पुरा गरेको दाबी गरेका छन् ।

तर काउन्सिलले गत १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने भने पछि उक्त निर्णयले विद्यार्थीहरुमा दोहोरो मारमा परेको विद्यार्थीहरुको दाबी छ । विद्यार्थीहरुले सन् २०१५ का विद्यार्थीलाई भाषा र कोर्ष भनी काइते भाषामा परिभाषित गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै छन् ।

+2 School
Counseling
Bachelors Portal