SEE Result 2082

धरानका मेयर साम्पाङले लगाए उपकुलपति कार्यकक्षमा ताला

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकक्षमा आज ताला लगाइ दिएका छन् । प्रमुख साम्पाङले कायममुकायम उपकूलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका हुन्।प्रतिष्ठानका उपकुलपतिलाई तत्काल बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् भन्ने चेतावनी युक्त अभिव्यक्ति दिँदै ताला लगाएको प्रष्ठिानले जानकारी दियो ।

प्रतिष्ठानमा शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले लामो समयदेखि तहगत बढुवा नभएको भन्दै आन्दोलन सञ्चालन गरेको छ । प्रतिष्ठानमा कार्यरत १६७ जना चिकित्सकले ९ वर्षदेखि तहगत बढुवा नभएको भन्दै कार्तिकमा राजीनामा दिएका थिए ।गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरूसँग व्यवस्थापन पक्षले छुट्टाछुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा आवश्यक विधि र प्रक्रिया पूरा गरेर पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्ने उल्लेख थियो ।

सहमति कार्यान्वयन नभएपछि पुनः शिक्षक, कर्मचारीहरू आन्दोलित भएका थिए ।

+2 School
Counseling
Bachelors Portal