SEE Result 2082

पिजी प्रवेश परीक्षा विरुद्ध दायर गरिएको रिट खारेज

सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न शीर्षकमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले हिजो फैसला गर्दै परीक्षा विरुद्ध परेको सबै मुद्दाको रिट खारेज गरेको हो।

नेपाल आएर परीक्षामा सामेल नभएकाहरूका लागि सिट नराखी बाँकी भएको सिट नेपालीलाई नै खुल्ला तर्फबाट राख्नुपर्ने भन्दै नेपाली विद्यार्थीले मुद्दा हालेका थिए।

सार्वेच्चले आरक्षण विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ भने अन्य मुद्दा खारेज भएको चिकित्सा शिक्षा आयोगले जानकारी दिए । अदालतको फैसला पछि चिकित्सा शिक्षा नियमवाली अनुसार हुने सिट विभाजन हुने आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।

नियमावली अनुसार खुलातर्फ ५०, सरकारी चिकित्सकलाई ४० र विदेशीलाई १० प्रतिशत सिट निर्धारण गरेको छ ।‘

एमपिएच, एमएन, एमएससी नर्सिङ, एमफर्मा एमएससी एमआइटीलगायतका विभिन्न विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सामेल हुनका लागि आवेदन फारम भरेका छन् ।

+2 School
Counseling
Bachelors Portal