SEE Result 2082

दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छः सचिव पोखरेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलिका दिनमा आवश्यकता अनुसारका दरबन्दी सिर्जना गर्दै जाँदा त्यो दरबन्दीमा जनशक्ति नपाइने हो कि भन्ने चिन्ता रहेको बताए ।

आवश्यकताका आधारमा चिकित्सा शिक्षा आयोगले पढाएका विषयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यसम्बन्धी विषय पढाइदिओस् भन्ने आफूहरुको मान्यता रहेको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुनसक्ने भन्दै उनले स्वदेशमै स्वास्थ्यका जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

सचिव डा पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधन राजनीतिक विषय भएको भन्दै चिकित्सा शिक्षा आयोग, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री बसेर छलफल गर्नुपर्ने बताए । चिकित्सा शिक्षा ऐनमा केही परिवर्तन गर्नुपर्छ भन्ने कुरा आएको भन्दै उनले भने, “स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीको पनि परिवर्तन गर्नुपर्छ भन्ने चाहना छ ।”

+2 School
Counseling
Bachelors Portal