SEE Result 2082

राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भ

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छिन् ।

तस्बिर : विजय रावत-रासस

सो कार्यक्रममा करिब ७६ करोड रुपियाँको लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास समेत गरेकी छिन् । प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् आजबाट एमबीबीएस, बीफार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ शुरु भएको हो।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा. गुणराज लोहनी र डा. रमेश ढकालको सहभागिता रहेको थियो ।

+2 School
Counseling
Bachelors Portal