SEE Result 2082

गेटा मेडिकल कलेज विश्वविद्यालय बन्नेः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको बताएका छन् ।

आज संरचना अवलोकन गर्दै गेटा मेडिकल कलेज देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने बताएका हुन् । ‘गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया स्वास्थ्य मन्त्रालयले अघि बढाइसकेको छ । दरबन्दी स्वीकृत गर्ने काम बाँकी छ । छिट्टै पूरा हुन्छ,’ अवलोकन पछि संचारकर्मीसंग प्रतिक्रिया दिँदै भने, , ‘मेडिकल कलेज त बन्ने नै भयो । अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन हिजो मात्र क्याबिनेटले निर्णग गरेर सैद्धान्तिक रुपले अघि बढेको छ । अब व्यावहारिक रुपले पनि अघि बढ्छ ।’

मन्त्री परिषद्ले हिजो मात्र गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको थियो ।

कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ ओटा संरचना बनाइसकेको छ । भने, उक्त समितिले १२ ओटा संरचना आगामी असार मसान्तभित्र सक्ने गरी काम अघि बढाएको जनाकारी दियो । अन्य ११ ओटा संरचना निर्माणाधीन अवस्थाम रहेका छन् । कलेज संरचना निर्माणका लागि अहिलेसम्म ५ अर्ब ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

+2 School
Counseling
Bachelors Portal