SEE Result 2082

गेटा मेडिकल विश्वविद्यालय सरकारको अलमल्याउने खेलः डा. केसी

गेटा मेडिकल विश्वविद्यालय बनाउने सरकारको निर्णय अलमल्याउने खेल मात्र भएको डा गोविन्द केसीले प्रतिक्रिया दिएका छन् ।

आज विज्ञप्ति जारी गर्दै डा केसीले‘यस्तो हचुवा निर्णय तत्काल रोकी गेटामा मेडिकल कलेज सञ्चालनका लागि यसअघि चलिरहेको प्रक्रियालाई गति दिन तथा सबै प्रदेशमा कम्तीमा एकसहित हामीसित सहमति भए बमोजिम मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछौं’ भनेका छन् ।

सरकारैपिच्छे नीति फेर्दै जाने हो भने गेटामा मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिला हुने निश्चित भएको विज्ञप्त्मिा उल्ेख गरिएको छ । ‘प्रक्रियामा छलछाम गरी तथा स्रोतको जोहो नै नगरी विश्वविद्यालय जस्तो ठूलो संरचना बनाउने निर्णय गर्नाले कहिले र कुन गुणस्तरको शिक्षा सम्भव छ भन्ने अर्को प्रश्न उठाउँछ।’ विज्ञप्तिमा भनिएको छ ।

विगतमा आफूसँग भएको सहमति अनुसार गेटामा मेडिकल कलेज सञ्चालनको काम अघि बढाउन उनले सरकारलाई आग्रह समेत गरेका छन्।

+2 School
Counseling
Bachelors Portal