SEE Result 2082

अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न सूचित गरेको छ ।

आयोगले सूचना जारी गर्दै स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर, गुड स्ट्यान्डिङ सटिर्फिकेट जस्ता सिफारिस पत्र लिन सूचित गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ अनुसार नेपालबाट अन्य मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार प्रचलित कानून अनुसार चिकित्सा शिक्षा आयोगलाई मात्र रहेको छ ।

+2 School
Counseling
Bachelors Portal