SEE Result 2082

नोबेल मेडिकल कलेजमा ताला

विराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीले आज कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कलेजले कक्षा प्रवेशमा रोक लगाएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले विद्यार्थीलाई अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू लामो समयदेखि आन्दोलनरत छन् । 

कलेजले एमबीबीएसका विद्यार्थीलाई विभिन्न शीर्षकमा २० लाखभन्दा माथि अतिरिक्त शुल्क माग गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको पीडित विद्यार्थीको गुनासो छ । 

+2 School
Counseling
Bachelors Portal