SEE Result 2082

एकीकृत प्रवेश परीक्षाको केन्द्र असार १० गते सार्वजनिक गर्दै चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको केन्द्र चिकित्सा शिक्षा आयोगले आगामी १० गते सार्वजनिक गर्ने भएको छ । विद्यमान कोभिड १९को विषम विषम परिस्थितिका कारण आयोगले पहिलपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने स्थान रोजी केन्द आफ्नो परीक्षा केन्द्र सनिस्चित गर्ने आज एक सूचना जारी गरेको छ । का बाबजुद आयोगले चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न लागेको सो सूचनामा जानकारी दिइएको छ ।

सो को डाटाबेस तयारीका गत चैत्र ३ गतेको सूचना अनुसार आवेदन पेश गरेका सम्पूर्ण आवेदकहरूले आगामी असार ९गते विहान दश बजेदेखि असार १० गते अपरान्ह पाँच बजेसम्म आयोगको अनलाइन पोर्टलमा निर्धारित प्रक्रिया पुर्याइ तोकिएकाकेन्द्र स्थान मध्ये आफूलाई पायक पर्ने परीक्षा केन्द्र स्थान छनोट गर्न आज चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

एकभन्दा बढी शैक्षिक कार्यक्रममा आवेदन दिने उम्मेदवारले आफूले आवेदन दिएका प्रत्येक शैक्षिक कार्यक्रमका लागि छुट्टाछुट्टै चेक योर स्टाटसमा लगइन गरी सबै शैक्षिक कार्यक्रमको एउटै परीक्षा केन्द्र स्थान छनोट गर्ने सूचित गरेको छ ।

उम्मेदवारले छनोट गरेको स्थानमा परीक्षा केन्द्र कायम गर्ने नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुने सो सूचनामा उल्लेख गरिएको छ।

+2 School
Counseling
Bachelors Portal