SEE Result 2082

चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि लिइने एकीकृत प्रवेश परीक्षा स्थगित गरिएको हो ।

एकीकृत प्रवेश परीक्षा सम्बन्धी सूचना चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सम्मिलित हुन अनलाइनमार्फत फाराम भर्ने परीक्षार्थीको परीक्षा कार्यक्रम स्थगित गरिएको आयोगले आज एक् सूचना जारी गरी जानकारी दिएको हो ।

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई लेखिएको पत्रमा कोभिड १९ को सङ्क्रमणको दर सामान्य अवस्थामा आएको खण्डमा र नेपाल सरकारबाट निषेध आदेश निस्क्रिय भएमा मात्र परीक्षा सञ्चालन हुन सक्ने भन्ने उल्लेख गरिएको हुनाले सो परीक्षा स्थगित गरिएको आयोगले एक सूचना प्रकासित गरी जानकारी दिएको छ ।

संक्रमणको अवस्था सामान्य भएपछि परीक्षा सम्बन्धी कार्यक्रम पछि प्रकाशन गरिने सो सूचनामा उल्लेख गरिएको छ।

+2 School
Counseling
Bachelors Portal