SEE Result 2082

तोकिएभन्दा बढी शुल्क लिन पाइँदैनः आयोग

विभिन्न कलेजले विद्यार्थीबाट चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाण सहित चिकित्सा शिक्षा आयोगमा उजुरी गर्न विद्यार्थी पुगेपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएपछि आयोगले सूचनाजारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले आज प्रकाशित गरेको सूचनामा विद्यार्थीको शिक्षण सिकाइको लागि आयोगले निर्धारण गरेको भन्दा अन्य शीर्षकमा शुल्क अनिवार्य नभएको स्पष्ट उल्लेख गरेको छ।

शैक्षिक सत्र २०७७–०७८ का लागि हाले विश्वविद्यालयमार्फत् विभिन्न शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीहरु, अभिभावकहरु तथा सरोकारवालाहरुबाट शिक्षण संस्थाले आयोगले तोकेको शिक्षण शुल्कको अतिरिक्त अनिवार्य तिर्नुपर्ने गरी शुल्क निर्धारण गरेको भनी प्रमाणसहित यस आयोगमा उजुरी दिएको सन्दर्भमा विद्यार्थीको शिक्षण सिकाइको लागि आयोगले निर्धारण गरेको भन्दा अन्य शीर्षकका रकम अनिवार्य नभएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।’ भन्ने सूचनामा उल्लेख छ ।

‘शिक्षण शुल्क बुझाउँदा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजम एक तिहाइ रकम पहिलो वर्ष विश्वविद्यालयमा र बाँकी रकम वार्षिकरुपमा किस्ताबन्दीमा शिक्षण संस्थामा बुझाउनुपर्ने व्यस्था रहेको सूचनामा उल्लेख छ।

आयोगले गत वैशाख २९ गते मेडिकल अध्ययनको शुल्क निर्धारण गरेको थियो। जसअनुसार आयोगले उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क निर्धारण गरेको थियो । आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको छ तर, आयोगले निर्धारण गरेबाहेक पनि केही कलेजले विद्यार्थीबाट ६ लाख रुपियाँ वा सो भन्दा बढी रकम असुलेको विद्यार्थीले गुनासो गर्दै आएक छन् ।

+2 School
Counseling
Bachelors Portal