SEE Result 2082

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा झा नियुक्त

आजको मन्त्री परिषद्को बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आजको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठ्कले झालाई नियुक्ति गरेको जानकारी दिइन् । 

 लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।  तीमध्ये झा नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । त्यस्तै दोस्रो नम्बरमा डा प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको थियो ।

उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ । ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सिफारिस समितिले साउन २६ गते दरखास्त माग गर्दा  ९ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तगर्वाता र प्रस्तुतिकरण हेरेको थियो। 

२०७५ मा जारी चिकित्सा शिक्षा ऐनले उपाध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा २० वर्षको कार्यअनुभव भएको वा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवा क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।

+2 School
Counseling
Bachelors Portal