SEE Result 2082

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका नतिजा प्रकाशन (नतिजासहित)

चिकित्सा शिक्षा आयोगबाट २०७८ चैत १८ गते शुक्रबार सञ्चालन गरेको स्नातक तह अन्तर्गत एमबीबीएस, बीडीएस, बीएस नर्सिङलगायतका विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा योग्यताक्रम अनुसार प्रकाशन गरेको हो ।

आयोगले उक्त नतिजा परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत हेर्न सकिने व्यवस्था मिलाएको छ । प्रकाशित नतिजा उपर चित नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारहरूले हिमालयन बैंक लिमिटेडको चल्ती हिसाब नम्बर ०४३०८९३१ मा एक हजार दस्तुर तिरी बुझाएको भौचर वा अनलाइन माध्यमबाट रकम बुझाएको प्रमाण सहित चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा चैत्र २७ गते बिहान ज्ञण् बजेदेखि २९ गते अपरान्ह ५स्०० बजेभित्र आयोगमा निवेदन पेश गर्नु पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

झुठो विवरण पेश गरी परीक्षामा समावेश भएको पाइएमा त्यस्ता परीक्षार्थीहरूको नतिजा जुनसुकै समयमा रद्द गरिने सूचनामा उल्लेख छ ।

प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको संकेते उम्मेदवारका उत्तरपुस्तिकाहरू तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका गर्न लगाएका रोल नम्बर १०६६५, ११४०९, ११८११ र १३७७२ का उम्मेदवारहरुको एकीकृत प्रवेश परीक्षा समितिको निर्णयानुसार रद्द गरिएको सूचनामा उल्लेख छ । आयोगले म्याचिङ सम्बन्धी सूचना पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

नतिजा हेर्नुहोसः

+2 School
Counseling
Bachelors Portal