SEE Result 2082

चिकत्सिक नाम दर्ता परीक्षामा नयाँ इन्टर्नसीपलाई सिप परीक्षण अनिवार्य

विश्वविद्यालयबाट एमबीबीएस र बीडीएस उत्तीर्ण भएपछि लिइने चिकित्सक नाम दर्ता परीक्षाका लागि प्रयोगात्मक (सिप) परीक्षण अनिवार्य गरिने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले नियमावलीमा भएको व्यवस्था अनुसार प्रयोगात्मक परीक्षा अनिवार्य लिने व्यवस्था गरेको हो । नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा  लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, अन्तरर्वार्ता र अन्य किसिमको परीक्षा लिन सक्ने व्यवस्था छ ।

काउन्सिलले अब लिने चिकित्सक नाम दर्ता परीक्षामा नै सम्बन्धित विश्वविद्यालयले निर्धारित २५ ओटा सिपमा उत्तीर्ण भएका उम्मेदवारको मात्र आवेदन स्वीकृत गर्ने काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए ।

‘पहिला लाइसेन्सको परीक्षा दिएर अनुत्तीर्ण भएका उम्मेद्वारले सिप परीक्षणको प्रमाण पत्र ल्याउनु पर्दैन ।’ उनले भने, ‘अब नयाँ इन्टर्नसीप गर्नेले सिप परीक्षणको प्रमाणपत्र अनिवार्य लिनैपर्छ, ज्ञान र सिप परीक्षणबाट लाइसेन्स परीक्षा लिँदा थप गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ भन्ने विश्वासले यस्तो व्यवस्था गरिएको हो ।’

‘अहिलेसम्म हामीले लिखित परीक्षा मात्रै लिँदै आएका थियौं’ डा. अधिकारीले भने, ‘अब एमबीबीएसपछि इन्टर्नसीपमा ६ महिना विताएका विद्यार्थीले काउन्सिलले तोकेका २५ वटा सीपको अनिवार्य रुपमा विश्वविद्यालयबाट प्रमाणपत्र लिएपछि मात्रै लाइसेन्स परीक्षाको फारम भर्न पाइन्छ ।’

सोही व्यवस्था अनुसार अबदेखि प्रयोगात्मक परीक्षा पनि अनिवार्य गरिएको डा. अधिकारी बताउँछन् ।अबदेखि चिकित्सिक नाम दर्ता परीक्षामा सिप परीक्षणमा उत्तीर्ण नभएसम्म लाइसेन्स परीक्षामा समावेश हुन नपाइने व्यवस्था गरिएको हो ।

‘अहिलेसम्म लिखित रुपमा ज्ञानको परीक्षण हुँदै आएको थियो । अबदेखि ज्ञानसँगै सीप आर्जन भयो कि भएन भनेर त्यसलाई परीक्षण गर्न लागेका हौं’ डा अधिकारीले भने, ‘यसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुनेछ ।’

प्रयोगात्मक अभ्यासका ६० ओटा सीप तोकिएको छ । त्यसमध्ये अहिलेका लागि २५ वटा सिपबाट प्रश्न सोधिनेछ । ‘इन्टर्नसिप गर्दा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सिप सिकेको आधारमा प्रमाणपत्र विश्वविद्यालयले दिन्छ । उक्त सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै विद्यार्थीले लाइसेन्सको फाराम भर्न पाउने रजिष्ट्रार डा.अधिकारीले बताए ।

+2 School
Counseling
Bachelors Portal