SEE Result 2082

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४–२८ गतेसम्म सञ्चालन हुने

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाको लागि लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

आयोगले पुस २४ गतेदेखि माघ २४ गते कार्यालय समयभित्र अनलाइन आवेदन माग गरेको हो । २०० पूर्णाङ्कको परीक्षाका लागि आवेदन सहित परीक्षा कार्या तालिका समेत सार्वजनिक गरेको छ ।

आयोगले एमबीबीएसको प्रवेश परीक्षा फागुन २४ गते बिहान ११ बजेदेखि २ बजेसम्म र बीडीएसको २५ गते र अन्य कार्यक्रमको फागुन २८ गते सम्ममा सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal