SEE Result 2082

मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयो

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत जेठ १९ र ३१ गतेको निर्णयअनुसार चालु शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहका लागि विभिन्न कलेजलाई सिट संख्या निर्धारण गरेको हो ।

एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ विभिन्न कलेजलाई १८३५ सिट प्रदान गरेको छ । त्यस्तै स्वास्थ्यका अन्य विषय पढाइहुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको हो । जस अन्तर्गत बिएससी नर्सिङ तर्फ ११०० सय, बिएससी एमएलटी तर्फ ४२५, बिएससी एमआइटी तर्फ ७१, बिएससी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बिएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बिपिटी तर्फ १५०, बिफार्मा ९०२, बिपिएच १४२०, बिओप्टोमेट्री ६७, बिएनएस (एम्आईडी) ७०, बिएनएस ११९५, बिडीएस ५६५, बिएएसएलपी ६, बिएएमएस ८०, परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा ऐनअनुसार एक शैक्षिक वर्षमा बढीमा १०० सिट पाउँने व्यवस्था छ । सोही अनुरुप अधिकांश मेडिकल कलेजले एमबिबिएस तर्फ शतप्रतिशत सिट पाएका छन् । तर एमबिबिएस पढाई भइरहेका दुई मेडिकल कलेजले १०० सिट पाउन सकेनन् । सय सिट नपाउनेमा पाटन एकेडमी अफ हेल्थ साइन्स र जानकी मेडिकल कलेज छन् । तिनीहरुले क्रमशः ६५ र ५० सिट पाएका छन् । त्यसैगरी पहिलोपटक कक्षा सञ्चालनको अनुमति पाएको कर्णालीले यो वर्ष एमबिबिएसका लागि २० सिट पाएको छ । 

पूर्वाधारका आधारमा कमजोर मानिएका गण्डकी मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, किस्ट मेडिकल कलेजलाई पनि आयोगले १०० सिट प्रदान गरेको छ । यो विषय पढाइ हुने अन्य कलेजले १०० सिट पाउन सफल भएका छन् ।

सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal